Section 39
रोयल्टी सङ्कलन संस्था सम्बन्धी व्यवस्था
(१) प्रतिलिपि अधिकार सम्बन्धी रचनाको रोयल्टी निर्धारण गर्ने, सङ्कलन गर्ने, सङ्कलित रोयल्टी वितरण गर्ने प्रयोजनको लागि सामान्यतया एउटा विधामा एउटा रोयल्टी सङ्कलन संस्था तोकिए बमोजिम गठन गरिनेछ ।
(२) उपदफा (१) बमोजिम गठन गरिएको रोयल्टी संङ्कलन संस्थालाई रजिष्ट्रार समक्ष तोकिए बमोजिम दर्ता गराउनु पर्नेछ ।
(३) रोयल्टी संकलन संस्था अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ
(४) रोयल्टी संकलन संस्थाको सबै काम कारबाहीको निमित्त आफ्नो छुट्टै छाप हुनेछ ।
(५) रोयल्टी संकलन संस्थाले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न र व्यक्ति सरह नालिस उजूर गर्न एवं सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।
(६) नेपाल सरकारले रोयल्टी संकलन संस्थाले पालन गर्नुपर्ने शर्त तोक्न सक्नेछ र त्यस्तो शर्तको पालना गर्नु रोयल्टी संकलन संस्थाको कर्तव्य हुनेछ ।